नलकटुवा पेस्तोलसहित तीनजना पक्राउ
कपिलवस्तु, साउन २८ : कपिलवस्तुमा नलकटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।कपिलवस्तुको महाराजगन्ज नगरपालिका-९ औरहवाबाट एक थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको तीन...
कपिलवस्तु, साउन २८ : कपिलवस्तुमा नलकटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका-९ औरहवाबाट एक थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउन्ड गोलीसहित तीनजनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँ रहेका छन्। प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)