चट्याङ लागेर बालकको मृत्यु
गुल्मी, साउन २८ : गुल्मीमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ।गुल्मीको इस्मा गाउँपालिका ४ का ११ वर्षका राहुल गन्धर्वको चट्याङ लागेर ज्यान...
गुल्मी, साउन २८ : गुल्मीमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ।
गुल्मीको इस्मा गाउँपालिका ४ का ११ वर्षका राहुल गन्धर्वको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार घाइते भएका बालकको उपचारका क्रममा ज्यान गएको हो।
चट्याङ लागे ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका छन्। उनीहरुको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएइएको छ।
प्रकाशित मिति: ०९:०६ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












