Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ६८० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु 

काठमाडौं, साउन २७ : गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा...
गण्डकी प्रदेशमा थपिए ६८० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु 

काठमाडौं, साउन २७ : गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो ।

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार कास्की १९७, बागलुङ ८४, स्याङ्जा ६८, मुस्ताङ १,म्याग्दी १०, पर्वत ८८,गोरखा १२१, लमजुङ २३ तनहुँमा ३८ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो ।

Hardik ivf

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ हजार ८६१ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १५४ जना पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ५७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१९ रहेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १३२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्