Kathmandu Press

काङ्ग्रेसलाई जिम्मेबार प्रतिपक्ष बन्न नेपालको आग्रह

नुवाकोट, माघ १४- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताएका छन्। 

खरानी....

काङ्ग्रेसलाई जिम्मेबार प्रतिपक्ष बन्न नेपालको आग्रह

नुवाकोट, माघ १४- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताएका छन्। 

खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा उनले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गरे। देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उहाँनले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको बताए। 

उनले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा पनि छिट्टै नेकपाले पूर्णता पाउने बताए । चिकित्सा शिक्षा विधेयकमाथि टिप्पणी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले डा गोविन्द केसीले राखेका सबै माग पूरा भएको जिकिर गरे । उनले केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत जानकारी गराए । 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्