Kathmandu Press

प्रदेश नं १ मा ८८५ जनामा कोरोना संक्रमण 

विराटनगर, साउन २७ : पछिल्लो २४ घण्टामा  प्रदेश नं  १ मा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ५४२ को...
प्रदेश नं १ मा ८८५ जनामा कोरोना संक्रमण 
Hardik ivf

विराटनगर, साउन २७ : पछिल्लो २४ घण्टामा  प्रदेश नं  १ मा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ५४२ को पस्सिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६  को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो।

सोही अवधिमा प्रदेशमा आज ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्