Kathmandu Press

प्रदेश १ मा आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर, साउन २७ : प्रदेश १ को प्रदेशसभाको बुधबारको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार...
प्रदेश १ मा आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर, साउन २७ : प्रदेश १ को प्रदेशसभाको बुधबारको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
    
प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका थिए।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे। 

Hardik ivf

विधेयकले राजस्व र व्ययको उचित व्यवस्था गर्ने, वित्तीय प्रतिफल हासिल गर्न मद्दत गर्ने र बजेटको आर्थिक गतिविधिलाई चुस्त एवं दुरुस्त बनाउ सहयोग गर्ने उनीहरुको भनाइ थियो।

सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विधेयकमा प्राप्त सुझावलाई आत्मसात् गर्ने बताए। 

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्