Kathmandu Press

आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

धरान, साउन २७ : जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ। भोजपुरको...
आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

धरान, साउन २७ : जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ। भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। 

 शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो। बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताए। ‘विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ। यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ,’ उनले भने। 

Hardik ivf

शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको थियो। जन्मँदा नानीको स्वरुप नै बिग्रिएको थियो शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताए। शल्यक्रियापछि घाउ पाकेकाले आज चिकित्सकको सल्लाहअनुसार ‘फलोअप’मा राखिएको छ। 

पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ। यसअघि भारत तथा काठमाडौंका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गर्थ्यो तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ। औषधि तथा अन्य सबै गरेर ५० हजार रुपैयाँमा उपचार हुँदै आएको छ। 
 

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्