Kathmandu Press

दीपक मनाङेले लिए प्रदेशसभा सदस्यको सपथ

पोखरा, माघ १४- दीपक मनाङे भनेर चिनिएका राजीव गुरूङले गण्डकी प्रदेश सभा सदस्यको सपथग्रहण गरेका छन् । प्रदेश सभामुख नेत्र अधिकारीले सोमबार सपथ गराएका हुन् ।  <....

दीपक मनाङेले लिए प्रदेशसभा सदस्यको सपथ
फाइल फोटो फेसबुकबाट

पोखरा, माघ १४- दीपक मनाङे भनेर चिनिएका राजीव गुरूङले गण्डकी प्रदेश सभा सदस्यको सपथग्रहण गरेका छन् । प्रदेश सभामुख नेत्र अधिकारीले सोमबार सपथ गराएका हुन् ।  

उनी मनाङको प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । एमालेले उम्मेद्वार बनाउन चाहेको भए पनि पार्टीभित्रबाट विरोध भएपछि स्वतन्त्र उम्मेद्वारी दिन लगाएर आफ्नो उम्मेद्वारी नदिएर सघाएको थियो ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दा फैसला गरेका कारण उनको सपथ रोकिएको थियो ।

उनी त्यसपछि करिब आठ महिना जेल पनि बसे तर केही महिनाअघि सर्वोच्च अदालतले नै थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले प्रदेशसभाका सभामुखसमक्ष सपथग्रहण गराइपाउन निवेदन हालेका थिए । गुरुङ सपथका लागि सोमबारै काठमाडौंबाट पोखरा पुगेका थिए ।
 

प्रकाशित मिति: १९:०० बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्