Kathmandu Press

प्लम्बिङ गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु  

बाँके, साउन २६ : कोहलपुर नगरपालिका ५ पृथ्वीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय लोकराज शर्माको घरमा प्लम्बर काम गर्ने क्रममा कैलाली...
प्लम्बिङ गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु  

बाँके, साउन २६ : कोहलपुर नगरपालिका ५ पृथ्वीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

स्थानीय लोकराज शर्माको घरमा प्लम्बर काम गर्ने क्रममा कैलाली घोडाघोडी नगरपालिका ४ का २६ वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको हो।

उनलाई मंगलबार बिहान करेन्ट लागेर ढलिरहेको अवस्थामा फेला पारी उपचारको लागि मेडिकल कलेज कोहलपुर ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्