गण्डकी प्रदेश कोरोनाबाट ८ जनाको मृत्यु, ५५३ जना संक्रमित
काठमाडौं, साउन २६ : गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ५ जना,...काठमाडौं, साउन २६ : गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ५ जना, म्याग्दी, लमजुङ र नवलपरासी पूर्वमा एक एक जना गरी ८ जनाको ज्यान गएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४९ जना पुगेको छ। यस्तै, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५३ जनामा गरिएको नमूना परिक्षणमा ५५३ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २७६ महिला र २७७ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की १९७, बागलुङ ६६, स्याङ्जा ७४, म्याग्दी ४६, पर्वत ६,गोरखा ५६, लमजुङ २ तनहुँमा ५६ र नवलपुरमा ५० जनामा संक्रमण देखिएको हो।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ हजार १८१ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ४६५ रहेको छ ।
गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९७६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।