Kathmandu Press

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ  

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ  

कास्की, साउन २६ : मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ बाँझाखेत का ६५ वर्षीय श्रीराम कामी रहेका छन्। 

उनले मादक पदार्थ सेवन गरी सिलौटाको लोहोराले आफ्नै श्रीमती ५५ वर्षीया श्रीमाया कामीलाई टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। 

श्रीमायाको स्थानीय स्वास्थ्य चौकी हुँदै पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको थियो। 

कामीलाई वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्