Kathmandu Press

प्रदेश नं १ मा एक हजार ७१ मा कोरोना संक्रमण

विराटनगर, साउन २६ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।एक हजार ६२० को...
प्रदेश नं १ मा एक हजार ७१ मा कोरोना संक्रमण
Hardik ivf

विराटनगर, साउन २६ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एक हजार ६२० को पीसिआर परीक्षण गर्दा ५२८ र एक हजार ७५३ को एन्टिजेन परीक्षण गर्दा ५४३ गरी एक हजार ७१ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसिआर परीक्षणका आधारमा मोरङमा १८१ मध्ये विराटनगरमा ४२, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा पाँच, उदयपुर र सङ्खुवासभामा तीन÷तीन, पाँचथर र भोजपुरमा दुई÷दुई र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५५ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन्। सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्