Kathmandu Press

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २६ : लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो। आज बिहानै...
पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २६ : लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो। 

आज बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको छ। राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन्।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। पहिरो पन्छाउने बित्तिकै फेरि पहिरो खस्ने गरेको छ। गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्