Kathmandu Press

दाङमा खोलाले बगाउँदा आमाछोराको मृत्युु

दाङ, साउन २५ : दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र...
दाङमा खोलाले बगाउँदा आमाछोराको मृत्युु

दाङ, साउन २५ : दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ। 

मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो। उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्