Kathmandu Press

अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध छ  : मन्त्री अधिकारी

अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध छ  : मन्त्री अधिकारी

गण्डकी, साउन २५ : गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले आज धौलागिरि अस्पताल बागलुङको अवलोकन तथा निरीक्षण गरेकी छन्। 

सो अवसरमा उनले आइसोलेशन कक्ष, अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसूति कक्ष, पीसीआर  प्रयोगशाला र डायलासिस कक्षको वस्तुस्थित तथा अस्पतालको सूचना केन्द्रबाट फोन गरेर कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी छन्।

Hardik ivf

सोही अवसरमा अस्पतालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अस्पतालले महत्वपूर्ण काम गरेको उल्लेख गरिन। ‘अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप्दै जानुपर्ने अवस्था छ, अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्दा भवनसमेत थप्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘अस्पतालको विकासप्रति सरकार संवेदनशील छ, छिट्टै नै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिनेछ।’ 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले अस्पतालको अवस्था, कार्यप्रगति, समस्या र चुनौतीका विषयमा जानकारी गराए।   

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले कोरोना महामारीसँग जुध्न स्थापना भएको आईसीयू र भेन्टिलेटरमा जनशक्ति अभाव टड्कारो समस्याका रुपमा रहेको बताउँदै अस्पतालमा निर्माणाधीन ‘सी’ ब्लकको भवन निर्माण सुरु भएको आठ वर्षमा पनि सम्पन्न नभएकोमा मन्त्री अधिकारीलाई ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १९:३४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्