Kathmandu Press

केसीको माग पूरा नगरे चिकित्सकहरुले झन कडा आन्दोलन गर्ने 

काठमाडौं, माघ १४ : डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन बसेका चिकित्सकहरूले केसीको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।<....

केसीको माग पूरा नगरे चिकित्सकहरुले झन कडा आन्दोलन गर्ने 

काठमाडौं, माघ १४ : डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन बसेका चिकित्सकहरूले केसीको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल परिसरमा अनसन बसेका चिकित्सकहरुले आफूहरुको शान्तिपूर्ण अनसनमा सरकारले दमन गर्न खोजेको आरोप पनि लगाए ।

Hardik ivf

नेपाल चित्सिक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको अन्तर्वार्ता

नेपाल चित्सिक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जबसम्म माग पूरा नभई डाक्टर केसीले अनसन तोड्दैनन् तबसम्म चिकित्सक आन्दोलन पनि नरोकिने बताए ।

अब समाधान के त भन्ने प्रश्नमा डा. श्रेष्ठले भने, ‘समाधानको उपाय सजिलो छ । राज्यले साउन १० गते अनसन तोडाउन डा. केसीसंग गरेको सम्झौता कार्यान्वयन गरी अहिलेको अनसन ताडाउनुपर्छ । त्यसपछि हाम्रो आन्दोलन पनि रोकीन्छ ।’

आज देशभरिका चिकित्सकले सेवा प्रभावित हुनेगरी आन्दोलन नगरेको बताउँदै डाक्टर श्रेष्ठले भने, ‘भोलिदेखि  देशभरिका डाक्टरले काम गर्ने छैनन् । सेवा ठप्प पारी आन्दोलनमा आउँदा सेवाग्राहीलाई पनि समस्या हुनसक्छ ।’

चिकित्सकहरुले आफुहरुको आन्दोलन डा.केसीको जीवन रक्षाका लागि भएको बताउँदै उनले भने, ‘आन्दोलन गरेर भोलि प्रधानमन्त्री÷मन्त्री हुने आशा हैन, मात्रै केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब हो ।’ 
 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्