Kathmandu Press

खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

विराटनगर, साउन २५ : कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १...
खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

विराटनगर, साउन २५ : कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दास्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भेरोसेल सिङ्गल डोजको पहिलो पटक एक लाख ४५ हजार ८०० र दोस्रो पटक ३२ हजार ४००, डब्बल डोजको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ।

Hardik ivf

खोप अहिलेसम्ममा कोभिसिल्ड तीन लाख नौ हजार २४६ जनालाई पहिलो डोज दिइसकेको र दोस्रो डोज ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ। यस्तै भेरोसेल पहिलो डोज तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो डोज ६६ हजार ३३९ र पछिल्लो जोनसोनको ६६ हजार ९०३ जनालाई खोप लगाउने काम सम्पन्न भएको छ। मन्त्रालयले जापान र भूटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिसिल्ड पहिलो डोज लगाएको मानिसलाई लगाउने योजना छ। 

प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ। जसमा ८८ हजार ४१५ जना सङ्क्रमित भए पनि ७९ हजार ४५० जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन्। प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय सङ्क्रमित छन्।

साथै एन्टिजेन परीक्षण शुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा सङ्क्रमण दखिएको थियो। कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर शुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन्।

कोरोनाका कारण मृत्यु हुनेमा ५४८ महिला र एक हजार १३४ पुरुष छन् । यसबाट बच्न र बचाउन मानिसले स्वास्थ्य आचारसंहिता पालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने जस्ता विधिलाई जीवन पद्धतिमा उतार्नुपर्ने मन्त्रालयको सुझाव छ। प्रदेशमा अहिले कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल विराटनगर, विराट मेडिकल कलेज, नोबेल अस्पताल कञ्चनबारी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कन्काई अस्पतालमा पिसिआर परीक्षण भइरहेको छ।

कोरोनाको महामारी शान्त नभएका अवस्थामा तेस्रो लहर पनि आउने सम्भावनाप्रति प्रदेश नं १ को  सामाजिक विकास मन्त्रालय सचेत भएर काममा जुटेको छ। लगभग प्रदेशको सबै जिल्लामा देखिएको कोरोनाबाट आम नागरिकलाई पार लगाउन मन्त्रालयले हिमाल, पहाड र तराईका जिल्लाको भूगोलको अवस्था हेरेर अस्तालमा कार्यरत चिकित्सकको तलब वृद्धि गरेको छ। सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताइन्। 

उनले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाली क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३०० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकलाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिइन्। 

उनले कोभिडले आक्रान्त पारेको अहिले अवस्थामा आम नागरिकलाई खोप लगाउन प्रदेश सरकार प्रतिबद्ध छ भनिन्। उनले प्रदेश सरकारलाई खोप खरिद गर्ने अधिकार नभएको र यसका लागि सङ्घीय सरकारसँग नै समन्वय गर्नुपर्ने भएकाले खोप केन्द्रमा प्राप्त भएपछि प्रदेशले पनि आवश्यकताअनुसार प्राप्त गर्दै जाने बताइन्। मन्त्री राईले  गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले रु १० लाख र नसक्नेले रु १० मात्र सहयोग गर्न अपिल पनि गरिन्। 

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्