विधेयक प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं, साउन २४ : प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव...
काठमाडौं, साउन २४ : प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
उक्त प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा विधेयकले मद्दत गर्ने बताए ।
मन्त्री मगरले कोष परिचालन, व्यवस्थापन तथा प्रदेशको बजेट बनाउन यो विधेयक उपयोगी हुने चर्चा गर्दै विधेयकले वित्तीय अनुशासन कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने कुरामा जोड दिए । ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलको क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री मगरले कृषि क्षेत्रमा वितरण गरिने अनुदान दुरुपयोग हुन टनदिन विधेयक लाभदायी छ भने ।
उनले रु एक करोड अनुदान लिने किसानले ३५ प्रतिशत अनुदान फिर्ता गर्नुपर्ने प्रावधान विधेयकमा रहेको बताउँदै अनुदानमा पक्षपात हुन नदिन र न्याय प्रणाली लागू हुन पनि विधेयकले महत्व राख्ने धारणा राखे ।












