Kathmandu Press

गण्डकीमा थप ८ जनाको मृत्यु, ५१० जना नयाँ संक्रमित 

काठमाडौं, साउन २४ : गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १०५ जनामा...
गण्डकीमा थप ८ जनाको मृत्यु, ५१० जना नयाँ संक्रमित 

काठमाडौं, साउन २४ : गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १०५ जनामा गरिएको नमूना परीक्षणमा ५१० जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २४५ महिला र २६५ जना पुरुष रहेका छन् । प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

Hardik ivf

केन्द्रका अनुसार कास्की १६९, बागलुङ १२२, स्याङ्जा १०३, म्याग्दी ३, पर्वत ५२,गोरखा २७, लमजुङ २ तनहुँमा १७ र नवलपुरमा १५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ५१ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १३६ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ६५ हजार १६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६२५ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हाजार ७५१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्