जिप्रका स्याङ्जाद्वारा नि:शुल्क मास्क वितरण
काठमाडौं, साउन २४ : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लामा बढ्दै गएको कोभिड १९ को महामारीबाट बच्नको लागि अपनाउनुपर्ने सबै प्रकृयालाई अपनाउँदै कोरोना नियन्त्रण...काठमाडौं, साउन २४ : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लामा बढ्दै गएको कोभिड १९ को महामारीबाट बच्नको लागि अपनाउनुपर्ने सबै प्रकृयालाई अपनाउँदै कोरोना नियन्त्रण गर्ने उद्धेश्यले मास्क वितरण गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.१ शहिदचोक स्थित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आन्तरिक व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला रेडक्रस स्याङ्जाको सहकार्यमा आज मात्र मास्क नलगाई हिडडुल गर्ने व्यक्तिहरू १५० जनालाई निशुल्क मास्क वितरण गरीएको हो ।
नि :रूपमा दश हजार थान मास्क वितरण गर्नको लागी डेस्क स्थापना गरी संचालनमा ल्याईएको र उक्त “निशुल्क मास्क वितरण” कार्यक्रम स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालज्यूको प्रमुख आतिथ्यतामा समुद्धघाटन गरिएको, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटी ज्यू, स्थानियहरू र प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो ।