फोरजी टेन्डरमा अर्थ समितिले छानबिन गर्ने
संसद्को अर्थ समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको छानबिन सुरु गरेको छ ।
टेलिकमले २१ अर्ब रुपैयाँ खर्च गरी देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न ....

संसद्को अर्थ समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको छानबिन सुरु गरेको छ ।
टेलिकमले २१ अर्ब रुपैयाँ खर्च गरी देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न लागेको बेला अर्थ समितिले छानबिन अघि बढाएको हो ।
समितिको आइतबारको बैठकमा सत्तारुढ दलका सांसदहरूले नै फोरजी सेवा विस्तारमा अनियमितताको आशंका गरे । उनीहरूले व्यवसायिक योजनाबिना फोरजी विस्तारका लागि वित्तीय दायित्व सिर्जना गर्दा कम्पनी नै टाट पल्टिने अवस्थामा पुग्न सक्ने भन्दै छानबिन गर्न समितिसमक्ष माग गरे ।
समितिले फोरजी सेवा विस्तारमा अनियमितता भए नभएको विषयमा विज्ञसँग छलफत गरी थप निर्णय गर्ने तयारी गरेको छ । निजी क्षेत्रको सेवाप्रदायक एनसेलले देशका २८ सहरमा फोरजी सेवा विस्तार गरिसक्दा टेलिकम भने जम्मा २ सहरमा सीमित छ ।











-1754206481.jpg)