Kathmandu Press

यती एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा चिप्लियो, तीन जना घाइते

काठमाडौं, असार २७ : यती एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिप्लिएको छ। जहाज चिप्लिँदा तीन जना यात्रु घाइते भएका छन्।

....
यती एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा चिप्लियो, तीन जना घाइते
फाइल फोटो

काठमाडौं, असार २७ : यती एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिप्लिएको छ। जहाज चिप्लिँदा तीन जना यात्रु घाइते भएका छन्।

शुक्रबार बिहान अवतरण गर्ने क्रममा जहाज कोटेश्ववर साइटमा चिप्लिएको हाे। जहाजमा ७० जना रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जनाएकाे छ।

Hardik ivf

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नेपालगन्जबाट काठमाडौं आएको एटिआर ७२ जहाज अवतरण गर्ने क्रममा चिप्लिएको हो। जहाज चिप्लएर २० मिटर परसम्म पुगेकाे छ। जहाज चिप्लिएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

चिप्लिएको जहाज विमानस्थलको धावनमार्ग अड्किएको छ। जसले गर्दा विमानस्थल संचालनमा आउन नसकेको जनाएको छ। जहाजलाई तानेर पार्किङ–वेमा लैजान समय लाग्ने भएकाले विमानस्थल सञ्चालनमा आउन समय लाग्ने भएको छ। यसका कारण त्रिभुवन विमानस्थलमा अवतरण र उडानको तयारीमा रहेका जहाजमा रोकिएका छन्।

त्यस्तै, विमानस्थल बन्द भएपछि नेपाल आइरहेका दर्जन विमान डाइभर्ट गरिएको छ। नेपाल आइरहेका विमान भारतको लखनउ डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ। घाइते यात्रुलाई केएमसी अस्पताल पुर्‍याइएको छ। उनीहरूको उपचार भइरहेको छ। उनीहरुकाे अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्