Kathmandu Press

रुख लडेर थिच्दा अटोमा सवार एकको मृत्यु 

रुख लडेर थिच्दा अटोमा सवार एकको मृत्यु 

उदयपुर, साउन २४ : रुख लडेर थिच्दा उदयपुरमा अटोमा सवार एकको मृत्यु भएको छ।

उदयपुरगढी गाउँपालिका-७ अधेरीमा प्र २-०१-००१ह ०५६० नम्बरको अटोमाथि रुख लड्दा थिचिएर त्यसमा सवार कटारी नगरपालिका-४ बस्ने ३८ वर्षीया निशा दनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

अटो चालक र अटो नजिकै रहेका अन्य दुइर्जनासमेत गरी तीनजना घाइते भएकोले उपचारका लागि कटारी अस्पताल कटारीतर्फ पठाइएको छ। अटो पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको रहेको स१०प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्