प्रदेश नं १ मा ७६५ मा कोरोना संक्रमण, १७ को मृत्यु

विराटनगर, साउन २३ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एक हजार पाँच जनामा गरिएको पीसीआर परीक्षणमा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ गरी कूल ७६५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार तीमध्ये मोरङमा १०० मध्ये विराटनगरमा १७, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३ तथा तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ४५८ जना सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये २०५ महिला र २५३ पुरुष छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा सात महिलासहित १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २०:३३ बजे, शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












