Kathmandu Press

करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोट, साउन २३ : करेन्ट लागेर नुवाकोटमा एकजनाको मृत्यु भएको छ।

दुप्चेश्वर गाउँपालिका-५ बालकुमारी बस्ने ५५ वर्षीय कुशकुमारी पण्डितको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको हो।

कुखुराको खोरमा बत्ती बल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि खरानीटार अस्पताल नुवाकोटतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्