Kathmandu Press

हिमालय एयरलाइन्सले साउन ६ गतेदेखि काठमाडौं–ढाका उडान गर्ने

काठमाडौं, असार २६ : हिमालय एयरलाइन्सले काठमाडौं–ढाका–काठमाडौंको सीधा उडान गर्ने भएको छ। निजी क्षेत्रको हवाइसेवा प्रदायक हिमालय एयरलाइ....

हिमालय एयरलाइन्सले साउन ६ गतेदेखि काठमाडौं–ढाका उडान गर्ने

काठमाडौं, असार २६ : हिमालय एयरलाइन्सले काठमाडौं–ढाका–काठमाडौंको सीधा उडान गर्ने भएको छ। निजी क्षेत्रको हवाइसेवा प्रदायक हिमालय एयरलाइन्सले साउन ६ गतेदेखि काठमाडौं–ढाका उडान सुरु गर्न लागेको हो। 

एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ मार्फत उडान गर्नेछ।  एयरलाइन्सले एयरवस ३२०–२०० का तीनवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

व्यवसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुबै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ। नेपाली पयर्टनका लागि बंगलादेश ठूलो बजार भएकाले पनि ढाकामा उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ। 

मध्यपूर्वी एशियाका गन्तव्य स्थलहरु दोहा, दुबई-आबुधावी, दमामको नियमित उडानसँगै ढाकाको नयाँ उडानले बंगलादेशीसहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने दाबी हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले गरे।

मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेशबीच पुल बन्दै सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिए। एयरलाइनसले हप्तामा तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ। दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ। जसले बांगलादेशमा एयरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्ने एयरलाइन्सले जनाएको छ। 
 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, असार २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्