प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण
काठमाडौं, साउन २२ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सो अवधिमा एक हजार...
काठमाडौं, साउन २२ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ५६५ र एक हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४ जनामध्ये विराटनगरमा ४९, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा छ, भोजपुरमा दुई, इलाम र तेह्रथुममा चार/चार र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको छ । उक्त अवधिमा प्रदेशमा आज ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
जसमा २१९ महिला र ३४६ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












