Kathmandu Press

रोल्पामा बढे भाइरल ज्वरोका बिरामी

रोल्पा, साउन २१ : कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ। अत्यधिक ज्वरो आउने,...
रोल्पामा बढे भाइरल ज्वरोका बिरामी

रोल्पा, साउन २१ : कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ। अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो। 

रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन्। जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ। 

‘ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र  निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ,’ उनले भने। 

‘जिल्ला अस्पतलामा दिनहुँ १०/१२ जनाका दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन्। बर्खाको समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्,’ डा वलीले भने।

ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रसित छन्। 

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्