Kathmandu Press

मुख्यमन्त्री पोखरेलले गरे जिपी कोइराला अस्पतालकाे निरीक्षण

दमौली, साउन २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेका छन्।पूर्वप्रधानमन्त्री स्व....
मुख्यमन्त्री पोखरेलले गरे जिपी कोइराला अस्पतालकाे निरीक्षण

दमौली, साउन २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेका छन्।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका नाममा स्थापना गरिएको उक्त अस्पतालको शुक्रबार मुख्यमन्त्री पोखरेलले निरीक्षण गरेका हुन्। 

Hardik ivf

सो क्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालले प्रवाह गर्दै आएको सेवाबारे जानकारी लिए। अस्पताल सङ्घीय सरकारमातहत रहे पनि गण्डकी प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे। 

निरीक्षणका क्रममा प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत सहभागी थिए। 

सो क्रममा मुख्यमन्त्री पोखरेललाई अस्पतालका सञ्चालक एवं चिकित्सकले अस्पतालले प्रवाह गर्दै आएको सेवाबारे जानकारी गराएका थिए। 

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सो  नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ।

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्