बिल नभएका ५ सय ९५ थान मोबाइलसहित २ जना पक्राउ
नवलपरासी(पूर्व), साउन २२ : विनयीत्रिवेणी गाउँपालिका १ बाट बिल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल प्रहरीले बरामद गरेको छ। बिहीबार राति प्रहरीले...
नवलपरासी(पूर्व), साउन २२ : विनयीत्रिवेणी गाउँपालिका १ बाट बिल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल प्रहरीले बरामद गरेको छ।
बिहीबार राति प्रहरीले जाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका ८ का ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँका ४० वर्षीय ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरेको हो।
प्रदेश ३.०१.०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












