लागुऔषधसहित नागढुंगाबाट एकजना पक्राउ
काठमाडौं, साउन २१ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट लागुऔषध गाँजासहित आज बिहान एकजना पक्राउ परेका छन्।धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४४७ नम्बरको बसमा जाँच...
काठमाडौं, साउन २१ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट लागुऔषध गाँजासहित आज बिहान एकजना पक्राउ परेका छन्।
धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४४७ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार सञ्जय लामालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले आफू बसेको सिटमुनि झोलाभित्र प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा चार किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












