स्व. पंगेनीको सम्झनामा नेविसंघले गर्यो अक्षयकोष स्थापना

काठमाडौं, साउन २१ : नेपाली काँग्रेस स्याङ्जाका तत्कालीन सभापति स्व. कमलप्रसाद पंगेनीको तेस्रो स्मृति दिवसको सन्दर्भ पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याङ्जाले अक्षयकोष स्थापना गरेको छ ।
तत्कालीन संविधान सभाका सदस्य रहेका पंगेनीको सम्झनामा नेविसंघले पंगेनीले अध्ययन गरेको श्री दहथुम माबिमा २० हजार ५ सय रकमको ‘स्व कमल पंगेनी स्मृति जय नेपाल छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेको हो ।
अक्षय कोषको मुलधन २० हजार ५ सय रकमोबाट आउने ब्याजबाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिनेगरी ब्यबस्थापन गरिएको नेबिसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले बताए । स्थापना गरिएको अक्षयकोषमा जिल्लास्तरीय नेताहरुले सहयोग गरेका छन् ।
प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












