Kathmandu Press

शिल्पासँग छविले माफी मागेपछि टुंगियो विवाद

काठमाडौं, असार २६ : चलचित्र निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेलसँग माफी मागेपछि चुलिएको विवाद तत्कालका लागि साम्य भएको छ।

....
शिल्पासँग छविले माफी मागेपछि टुंगियो विवाद

काठमाडौं, असार २६ : चलचित्र निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेलसँग माफी मागेपछि चुलिएको विवाद तत्कालका लागि साम्य भएको छ।

पत्नी शिल्पाले छविमाथि घरेलु हिंसाको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि विवाद छताछुल्ल भएको थियो। बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा छवि र शिल्पाबीच छलफल गराइएको थियो। प्रहरीको रोहबरमा भएको छलफलमा छविले श्रीमती शिल्पासँग माफी मागेका थिए। 

Hardik ivf

तर, उनीहरु अब सँगसँगै बस्छन् कि बस्दैनन् भन्नेबारे भने कुनै टुंगो लागेको छैन। शिल्पामाथि भएको भनिएको घरेलु हिंसाका विषयमा छलफल भएपनि सम्बन्ध विच्छेदबारे भने कुनै छलफल नभएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

छलफलपछि छवि र शिल्पाबीच सहमति पत्रमा हस्ताक्षर पनि भएको छ। छविले अब भोलिका दिनमा शिल्पामाथि कुनै प्रकारको टर्चर नदिने पनि सहमति गरेका छन्। 

छविसँग नायिका शिल्पाले २०७३ सालमा गोप्य बिहे गरेकी थिइन्। म्युजिक भिडियोमा अभियन गरिरहेकी शिल्पालाई छविले चलचित्र लज्जाबाट नायिकाको रुपमा डेब्यू गराएका थिए।
 

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्