जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

पाल्पा, साउन २१ : पाल्पाको रैनादेवी गाउँपालिका २ सर्देवा बस्दै आएका एक किशोरलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।
४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
आफ्नै कोठामा सुतिरहेकी महिलालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)