Kathmandu Press

करिब ३५ रोपनी जग्गामा उम्रिएका गाँजाको बोट नष्ट   

तनहुँ, साउन २० : तनहुँका विभिन्न स्थानमा करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३ हजार ८० बोट गाँजा सोमबार र मंगलबार...
करिब ३५ रोपनी जग्गामा उम्रिएका गाँजाको बोट नष्ट   

तनहुँ, साउन २० : तनहुँका विभिन्न स्थानमा करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३ हजार ८० बोट गाँजा सोमबार र मंगलबार प्रहरीले फँडानी गरी नष्ट गरेको छ। 

बन्दीपुर गाउँपालिका-१ सिल्थोक, बरालथोक, तीनधारा,भैसेखार र चेन्चास्थित १३ रोपनी,  म्याग्दे गाउँपालिका-७ हर्षपुर र डाँडागाउँमा ३ रोपनी, भानु नगरपालिका-११ खाल्टे रुपाकोटमा १० रोपनी, भिमाद नगरपालिका-७ राजढुङ्गामा २ रोपनी, व्यास नगरपालिका-१० कुचेटारमा ४ रोपनी र घिरिङ गाउँपालिका-१ अमराईटोलमा ३ रोपनी जग्गामा उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको हो। 

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरी टोलीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जनाइएको छ।

प्रकाशित मिति: १४:११ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्