Kathmandu Press

सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला

धनगढी, साउन २० : सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत एक जवान कार्यालय परिसरमै मृत भेटिएका छन्।ती जवान डडेल्धुरा भागेश्वर...
सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला

धनगढी, साउन २० : सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत एक जवान कार्यालय परिसरमै मृत भेटिएका छन्।

ती जवान डडेल्धुरा भागेश्वर गाउँपालिका-१ का ३१ वर्षीय हरिशकुमार शाही रहेको प्रहरीले जनाएको छ।

कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउन्डनजिकै घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ।
 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्