स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ
नवलपरासी(पश्चिम), साउन १९ : नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नौ लाख भारतीय...नवलपरासी(पश्चिम), साउन १९ : नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नौ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारीका २७ वर्षीय समिर खान रहेका छन्। लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ।
प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१