Kathmandu Press

मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ

मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ
Hardik ivf

भोजपुर, साउन १९ : मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन्। विसं २०६९ मा सडक कामदारको आठ लाख ५१ हजार ५०० रूपैयाँ ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो। 

कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ। विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र १२ लाख ७७ हजार २५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो। फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए। विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्