Kathmandu Press

करेन्ट लागेर  एकजनाको मृत्यु  

कञ्चनपुर, साउन १८ : भीमदत्त नगरपालिका–३ भाँसीस्थित नीलकमल मोटर ग्यारेजमा वेल्डिङको काम गर्ने वेदकोट नगरपालिका–५ धर्मपुर बस्ने २८ वर्षीय राजेन्द्र डगौराको सोमबार बिहान...
करेन्ट लागेर  एकजनाको मृत्यु  

कञ्चनपुर, साउन १८ : भीमदत्त नगरपालिका–३ भाँसीस्थित नीलकमल मोटर ग्यारेजमा वेल्डिङको काम गर्ने वेदकोट नगरपालिका–५ धर्मपुर बस्ने २८ वर्षीय राजेन्द्र डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।

उक्त ग्यारेजमा वेल्डिङका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्