Kathmandu Press

भारतबाट म्याद सकिनै लागेका उपभोग्य सामान ल्याउन दिने सरकारको विवादास्पद निर्णय

काठमाडौं, असार २५ : सरकारले म्याद सकिनै लागेका उपभोग्य सामान भारतबाट आयात गर्न दिने विवादास्पद निर्णय गरेको पाइएको छ।

यस अघि भारतबाट भित्रिन....

भारतबाट म्याद सकिनै लागेका उपभोग्य सामान ल्याउन दिने सरकारको विवादास्पद निर्णय
फाइल फोटो

काठमाडौं, असार २५ : सरकारले म्याद सकिनै लागेका उपभोग्य सामान भारतबाट आयात गर्न दिने विवादास्पद निर्णय गरेको पाइएको छ।

यस अघि भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षणबिनै नेपाल आउन दिने निर्णय भएकै दिन अर्को विवादास्पद निर्णय गरेको भेटिएको हो। यो निर्णयले गरेर सरकारले उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्न खोजेको पाइएको छ।

Hardik ivf

जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले ‘निकासी पैठारी आदेश’ संशोधन गरि नेपालमा आयात हुने वस्तुहरूमा भन्सारबिन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत उपभोग अवधि रहनुपर्ने व्यवस्था गरिएको थियो।

तर, असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले ६० प्रतिशत समय अवधि भएको हुनुपर्ने व्यवस्था राखेको छ। यसले बजारमा उपभोग अवधि सकिएका वस्तुको समेत खरिद–बिक्री तथा उपभोग बढ्न सक्ने खतरा बढेको छ।

सरकारले आफ्नो निर्णय केही दिन पनि नटिक्ने गरि गरेर पुनः उल्टाउनु गलत भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। ‘सरकारले उपभोक्तका लागि राम्रो निर्णय गरेको थियो, तर केही दिनमै पुनः फिर्ता हुनु गलत हो,’ तिमिल्सिनाले भने।

निर्णयसँगै आपूर्तिकर्ताले अब म्याद सकिन ६० प्रतिशत समय बाँकी भएका उपभोग्य समानसमेत नेपाल भित्र्याउन पाउने छन्। जस्तो कि कुनै खानेकुरा उत्पादन भएको मितिले एक सय दिनभित्र उपभोग गर्नुपर्ने छ भने विगतमा नेपाल ल्याउन कम्तिमा ७५ दिन म्याद बाँकी भएको हुनुपर्ने थियो। तर, सरकारले अहिले ६० दिन बाँकी भएका उपभोग्य सामग्रीलाई समेत आयात गर्ने छुट दिएको हो।

तरकारी तथा फलफूलको विषादी परीक्षणमा मेसिन अभाव भएर पूर्वाधार बनाउन निर्णय उल्टाएको भएपनि यो विषय कसको स्वार्थमा उल्टाइएको भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयकै अधिकारीहरूले असन्तुष्टी पोखेका छन्।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्