Kathmandu Press

प्रदेश ३ का ११९ स्थानीय तहमै शान्ति उद्यान बन्ने

हेटाैँडा, असार २४ : प्रदेश नम्बर ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। 

प्रदेशको आन्तरिक माम....

प्रदेश ३ का ११९ स्थानीय तहमै शान्ति उद्यान बन्ने

हेटाैँडा, असार २४ : प्रदेश नम्बर ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। 

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो।

चार वर्षभित्र निर्माण सम्पन्न हुनेगरी उद्यान निर्माणको काम प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ। स्थानीय तहसँगको साझेदारीमा उद्यान निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ।  शान्ति उद्यान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ का लागि मात्र १० करोड बजेट छुट्याएको छ।

स्थानीय तहसँग पहिले प्रस्ताव माग गर्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने मन्त्रालयको तयारी रहेको जनाइएको छ। शान्ति उद्यान निर्माणका लागि कार्यविधि बनाएर काम गर्न लागिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। 

उद्यान निर्माणमा स्थानीय तहलाई पनि लगानी गर्न लगाउने उनको भनाइ छ।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्