Kathmandu Press

कर्णाली सरकारले कर्णालीमैत्री पाठ्यक्रम बनाउने

वीरेन्द्रनगर, असार २४ :  कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०७६-७७ ....

कर्णाली सरकारले कर्णालीमैत्री पाठ्यक्रम बनाउने
फाइल
Hardik ivf

वीरेन्द्रनगर, असार २४ :  कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०७६-७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएको हो। 

सामाजिक विकासमन्त्री दल रावलले पाठ्यक्रम निर्माण गरिँदा आफ्नो भूगोल, समुदाय र संस्कृतिलाई प्राथमिकतामा राखिने बताए। उनले खस भाषाको जननी कर्णालीमै उक्त भाषा लोप हुन थालेकाले पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको बताए। रासस

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्