Kathmandu Press

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउनुस्ः गर्भनर डा. नेपाल

काठमाडौं, असार २४ : नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

....

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले रोजगारीको अवसर सिर्जना गर्ने तथा गरिबी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे।

गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पारे। उनले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दवाव दिन नमिल्ने तर्क पनि गरे।
 
प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, असार २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्