Kathmandu Press

बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, साउन १५ : देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ८ गोकर्ण अत्तरखेल बिगमार्टस्थित...
बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, साउन १५ : देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ८ गोकर्ण अत्तरखेल बिगमार्टस्थित सडकमा बा.४ ख १०२२ नम्बरको मिनीटाटाको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ८ माकलबारी बस्ने रामेछाप उमाकुण्ठ गाउँपालिका घर भएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, धनुषा, लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा प्रदेश २-०२-००१ झ ००३५ नम्बरको स्कारपियो पिकअप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कारपियो चालक महोत्तरी सितापुर भंगहा नगरपालिका ९ बस्ने ४५ वर्षीय दिपक यादव मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यता, म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा ग.१ ज ६८०५ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका ७ ताकम बस्ने २७ वर्षीय विकाश सुनारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि बेनी अस्पताल म्याग्दी पठाइएको छ ।

उता, कपिलवस्तु वाणगंगा नगरपालिका ३ कर्मनास्थित सडकमा लु।४ त ८०७९ नम्बरको ट्रयाक्टर कलबोर्डबाट खस्दा सोही नगरपालिका ११ बस्ने ३० वर्षीय राम प्रसाद थारूको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: १८:४० बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्