Kathmandu Press

‘विपद्को आकलन गर्न नसके आगामी दशक भयावह हुन सक्छ’

काठमाडौं, साउन १५ : प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आकलन गर्न नसके आगामी दशक भयावह हुने बताएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार...
‘विपद्को आकलन गर्न नसके आगामी दशक भयावह हुन सक्छ’

काठमाडौं, साउन १५ : प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आकलन गर्न नसके आगामी दशक भयावह हुने बताएका छन्। 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल माओवादी केन्द्रका गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताउए। 

‘चुरेको जोखिमलाई आँकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ,’ उनले भने । क्षति न्यूनीकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न १० बुँदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गरे।

उहाँले यसपाली मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनःस्थापनमा ध्यान दिन आग्रह गरे। उनले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गरे । 

सांसद महेश्वरजङ गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पुर्याएको भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गरे। किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उनले जोड दिए। 

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गरे। सांसद रङ्गमती शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताइन्।  

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका कृष्णभक्त पोखरेलले भूमिहीनका समस्या समाधान गर्न सरकारसँग माग गरे। अघिल्लो सरकारले भूमिहीनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिए। 

जनता समाजवादी पार्टी (जसपा) का डा सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा सो गल्ती दोहोर्याउन नहुनेमा जोड दिए। 

सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राखे। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चत गर्न माग गरे। 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्