Kathmandu Press

सुरक्षा कारबाहीका क्रममा कम्तीमा १०० लडाकु मारिए

काबुल, साउन १५ : अफगानिस्तानका विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन्।घटनामा परी अरु...
सुरक्षा कारबाहीका क्रममा कम्तीमा १०० लडाकु मारिए

काबुल, साउन १५ : अफगानिस्तानका विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन्।

घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ। अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ। साथै अन्य ४७ जना घाइते भएका छन्। 

हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन्। घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन्। 

त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन्। 

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्