Kathmandu Press

पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्छ : बाँस्कोटा

काठमाडौं, साउन १५ : एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताएका छन्।उनले आज (शुक्रबार) प्रेस चौतारी...
पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्छ : बाँस्कोटा

काठमाडौं, साउन १५ : एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताएका छन्।

उनले आज (शुक्रबार) प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण एवं अन्तरक्रियामा सञ्चारकर्मीको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउँदै उनले कोरोना सङ्क्रमणकालमा ठूला भनिएका मिडियाले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाएको आरोप उनले लगाए। 

‘नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता छ, आर्थिक सुरक्षा नभएसम्म ऊ स्वतन्त्र पनि बन्न सक्दैन,’ बाँस्कोटाले भने।

उनले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने उल्लेख गरे। 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनै पनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताए।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष सुरेशप्रसाद हुमागाईलगायतले पत्रकारिता क्षेत्रले मर्यादा भुल्न नहुने बताएका थिए। 

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्