Kathmandu Press

बंगलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजार बढी संक्रमित

ढाका, साउन १५ : बंगलादेशमा हरेक दिन कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएको छ।बंगलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी...
बंगलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजार बढी संक्रमित

ढाका, साउन १५ : बंगलादेशमा हरेक दिन कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएको छ।

बंगलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी संक्रमितहरु भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बंगलादेशमा २४ घन्टाका बीचमा यतिधेरै संक्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ ।

Hardik ivf

यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना संक्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही संक्रमणबाट ज्यान पनि गएको थियो।  

त्यसैगरी बिहीबार मात्र यहाँका २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ। योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
यहाँ कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत रहेको छ।

त्यसैगरी यहाँको निको हुने दर ८५.६ प्रतिशत रहेको छ। यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ।

कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो । तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन।

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, साउन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्