Kathmandu Press

पाँच दिनदेखि हराइरहेकी बालिका इनारमा मृत फेला

धनुषा, साउन १५ : गणेशमान चारनाथ नगरपालिका-१० बरमझिायाबाट हराइरहेकी ६ वर्षीया बालिकाको शव फेला परेको छ।सोमबार बिहान घरबाटै हराइरहेकी प्रीति यादवको शव आज...
पाँच दिनदेखि हराइरहेकी बालिका इनारमा मृत फेला

धनुषा, साउन १५ : गणेशमान चारनाथ नगरपालिका-१० बरमझिायाबाट हराइरहेकी ६ वर्षीया बालिकाको शव फेला परेको छ।

सोमबार बिहान घरबाटै हराइरहेकी प्रीति यादवको शव आज (शुक्रबार) इनारमा फेला परेको हो।

बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घरनजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन्।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। 

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्