Kathmandu Press

अवैध रूपमा ल्याइएका १० वटा मोटरसाइकल भन्सारमा बुझाइयाे

पर्सा, साउन १५ : अवैध रुपमा भित्रिएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझाएको छ।विभिन्न मितिमा...
अवैध रूपमा ल्याइएका १० वटा मोटरसाइकल भन्सारमा बुझाइयाे
Hardik ivf

पर्सा, साउन १५ : अवैध रुपमा भित्रिएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझाएको छ।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतबाट समेत खटिएको प्रहरीले टोलीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो।     

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्